Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नेप्से परिसूचक ९.०४ अंकले घटेर २,६४१.०५ बिन्दुमा बन्द, ३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार

135
shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.०४ अंकले घटेर २ हजार ६४१.०५ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.३४ प्रतिशतको गिरावट हो।

 

बजारमा कुल ३ अर्ब ६७ करोड ४१ लाख ९७ हजार ६६३ रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा सहभागी कम्पनीमध्ये १८० वटाको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको मूल्य बढेको छ। त्यस्तै, १४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

civil hospital
Hams Hospitals