Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

डी ट्वेन्टी डिजाइन ल्याबले फ्लेम अवार्ड्स एसिया २०२६ मा पाँच अवार्ड जित्यो

123
shares

काठमाडौं । काठमाडौंमा आधारित विज्ञापन तथा क्रिएटिभ एजेन्सी डी ट्वेन्टी डिजाइन ल्याब प्रालि. (D:20 Labs) ले ‘फ्लेम अवार्ड्स एसिया २०२६ फर इमर्जिङ मार्केट्स’मा पाँचवटा अवार्ड जितेको छ।

एजेन्सीले नेपालबाट विभिन्न ब्रान्डका लागि तयार गरेका पाँचवटा अभियानका लागि दुई सिल्भर र तीन ब्रोन्ज अवार्ड प्राप्त गरेको हो। यी अवार्डहरू बिगमार्ट, बोट्सल्याब र यामाहा नेपालसँग सहकार्यमा तयार गरिएका अभियानका लागि प्रदान गरिएको जनाइएको छ।डी:२० ल्याब्सले प्राप्त गरेका अवार्डमध्ये कम्युनिटी इन्गेजमेन्ट क्याम्पेन विधामा बिगमार्टको ‘फार्म टु बास्केट’ अभियानले सिल्भर अवार्ड प्राप्त गरेको छ। त्यस्तै, इमर्जिङ मार्केट ब्रान्ड अवेयरनेस क्याम्पेन विधामा बोट्सल्याबको ‘सेक्युरिटी गट स्मार्टर’ अभियानले पनि सिल्भर अवार्ड जितेको छ।

तीनवटा ब्रोन्ज अवार्डमध्ये लङ–टर्म इमर्जिङ मार्केट क्याम्पेन विधामा बिगमार्टको ‘अर्ली बर्ड, अन्तिम बुधबार एन्ड लेट नाइट भाउचर आवर’ अभियानले अवार्ड पाएको छ।त्यसैगरी, स्मल बजेट, हाई इम्प्याक्ट क्याम्पेन विधामा बिगमार्टको ‘न्यू इयर क्याम्पेन’ र एथ्नो–मार्केटिङ/कल्चरल इन्साइट क्याम्पेन विधामा यामाहा नेपालको ‘माया सङ्ग माया को यात्रा’ अभियानले ब्रोन्ज अवार्ड प्राप्त गरेका छन्।

एजेन्सीका अनुसार यी पुरस्कारले रचनात्मक कथा, स्थानीय सांस्कृतिक बुझाइ, उपभोक्ताको व्यवहारसम्बन्धी अध्ययन तथा रणनीतिक कार्यान्वयनलाई एकीकृत गरेर तयार गरिएका अभियानको प्रभावलाई उजागर गरेको छ।अवार्ड प्राप्त अभियानहरूमा समुदायसँगको प्रत्यक्ष सम्बन्ध, दीर्घकालीन रिटेल मार्केटिङ, ब्रान्ड सचेतना, सीमित बजेटमा प्रभावकारी प्रचार तथा नेपाली सांस्कृतिक सन्दर्भमा आधारित कथा प्रस्तुतिलाई प्राथमिकता दिइएको थियो।

डी:२० ल्याब्सले पाँचवटा अवार्डलाई आफ्नो मात्र उपलब्धिभन्दा पनि सम्बन्धित ग्राहक, क्रिएटिभ, रणनीति, प्रोडक्सन, डिजिटल तथा क्लाइन्ट सर्भिसिङ टोली र विभिन्न साझेदारको सामूहिक प्रयासको परिणामका रूपमा लिएको जनाएको छ।एजेन्सीले बिगमार्ट, बोट्सल्याब र यामाहा नेपालप्रति विश्वास र सहकार्यका लागि धन्यवाद व्यक्त गरेको छ। साथै, अभियानलाई अवधारणादेखि उत्पादन तथा कार्यान्वयनसम्म पुर्‍याउन योगदान गर्ने सम्पूर्ण टोली र साझेदारप्रति पनि आभार व्यक्त गरेको छ।

फ्लेम अवार्ड्स एसिया २०२६ मा प्राप्त पाँच अवार्डले डी:२० ल्याब्सको क्षेत्रीय विज्ञापन बजारमा उपस्थिति थप बलियो बनाएको एजेन्सीको भनाइ छ। साथै, नेपालमा तयार भएका रचनात्मक अभियानले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतिस्पर्धामा समेत प्रभाव छाड्न सक्ने सम्भावनालाई यस उपलब्धिले थप उजागर गरेको छ।

डी ट्वेन्टी डिजाइन ल्याब प्रालि. काठमाडौंमा आधारित विज्ञापन, मार्केटिङ तथा क्रिएटिभ एजेन्सी हो। एजेन्सीले ब्रान्ड रणनीति, एकीकृत विज्ञापन अभियान, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन, कन्टेन्ट क्रिएसन, विज्ञापन फिल्म, प्रोडक्सन, एक्टिभेसन तथा ब्रान्ड एक्सपेरियन्सलगायतका क्षेत्रमा काम गर्दै आएको छ।

रणनीतिक सोच, स्थानीय संस्कृति र सन्दर्भसँग जोडिएका सिर्जनात्मक अवधारणा तथा आधुनिक प्रस्तुतीकरणमार्फत ब्रान्ड र उपभोक्ताबीच प्रभावकारी सम्बन्ध स्थापित गर्ने उद्देश्यले एजेन्सीले विभिन्न ब्रान्डसँग सहकार्य गर्दै आएको जनाएको छ।

civil hospital
Hams Hospitals