मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग

69K
shares
Nabil bank

 

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनस्र्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ ।

मन्त्रालयको निर्णयअनुसार विधेयकसम्बन्धी राय, सुझाव वा टिप्पणी भए निर्धारित ढाँचामा उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयको कानुन शाखाले सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई विधेयकको मस्यौदा अध्ययन गरी सुझाव पठाउन आह्वान गरेको हो ।

मन्त्रालयका अनुसार प्राप्त हुने राय, सुझाव तथा टिप्पणीलाई विधेयकको मस्यौदा परिमार्जन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने क्रममा समेटिनेछ । मन्त्रालयको कानुन शाखाले स्वास्थ्यसम्बन्धी आवश्यक ऐन तथा नियमावली तर्जुमा, परिमार्जन तथा कानुनी राय–सुझाव दिने कार्य गर्दै आएको छ ।

मन्त्रालयले तोकेको ७ दिनको समयसीमा अर्थात् भाद्र ३ गतेसम्म राय, सुझाव वा टिप्पणी पठाउनुपर्नेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x