Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

जथाभावी पोस्टर टाँस्ने आकृति एड्भरटाइजिङ्ग महानगर प्रहरीको ५० हजार जरिवाना

189
shares

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र विभिन्न स्थानमा जथाभावी पोस्टर टाँसेर शहरी सौन्दर्यमा असर पुर्‍याएको भन्दै Akriri Advertising लाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ।

महानगर प्रहरी बलले सार्वजनिक स्थान तथा सडक आसपासका क्षेत्रमा अनुमति नलिई जथाभावी रूपमा पोस्टर टाँसेको भन्दै विज्ञापन कम्पनीलाई रु. ५० हजार जरिवाना गरेको हो।

महानगरपालिकाले शहरी सौन्दर्य कायम राख्न सार्वजनिक स्थानमा जथाभावी पोस्टर, पर्चा तथा विज्ञापन सामग्री टाँस्ने कार्यलाई नियन्त्रण गर्दै आएको छ। महानगर प्रहरी बलले यस्ता गतिविधि गर्ने व्यक्ति तथा संस्थामाथि कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

महानगरको कारबाहीले सार्वजनिक स्थानलाई विज्ञापन सामग्रीले कुरूप बनाउने प्रवृत्तिमाथि कडाइ गर्ने संकेत दिएको छ।

civil hospital
Hams Hospitals