Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

150
shares

 

धनुषा । नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब एक दशकपछि सबैला नगरपालिका–११ का ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

साविक मखनाहा गाउँ विकास समिति वडा नं. ६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। तर, नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा जग्गाधनी पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

नापी कार्यालयले विगतमा सम्बन्धित आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ५७ थान जग्गाधनी पुर्जा वितरण गरेको हो।

लामो समयदेखि स्ववासीका रूपमा जग्गा उपभोग गर्दै आएका ५७ परिवारले पुर्जा प्राप्त गरेसँगै आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्।

जग्गाधनी पुर्जा पाएपछि स्थानीयवासीले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा अब कानुनी रूपमा आफ्नो नाममा दर्ता भएको भन्दै खुसी व्यक्त गरेका छन्। करिब १० वर्षदेखि रोकिएको प्रक्रिया पूरा भएसँगै स्थानीयको जग्गा स्वामित्वसम्बन्धी समस्या समाधानतर्फ महत्वपूर्ण कदम अघि बढेको छ।

civil hospital
Hams Hospitals