टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो ईभी लिन सकिने

129
shares

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडी एक्सचेन्ज गरी टाटा मोटर्सका नयाँ विद्युतीय गाडी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले पुरानो गाडीको मूल्यांकनलाई नयाँ गाडीको डाउनपेमेन्टका रूपमा प्रयोग गरी हालै नेपालमा सार्वजनिक गरिएका नयाँ पन्च ईभी र नयाँ टियागो ईभी खरिद गर्न सक्नेछन्।

कार्निभल अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जिङ जडान लगायतका विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित नेपालमा सार्वजनिक गरिएको थियो। नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

अत्याधुनिक एक्टि.ईभी (acti.ev) प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाटआवर र ४० किलोवाटआवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा करिब ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

नयाँ पन्च ईभीमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा रहेका छन्।

त्यस्तै, दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन तथा आकर्षक रङ विकल्पका साथै ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागलगायतका सुविधा उपलब्ध छन्।

सिप्रदी ट्रेडिङका अनुसार टाटा कार्निभल ग्राहकलाई पुरानो सवारीसाधनको आकर्षक मूल्यांकनसहित नयाँ विद्युतीय सवारीसाधनमा अपग्रेड हुने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

civil hospital
Hams Hospitals