skip this Bajaj motar bike

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले बोलायो साधारण सभा

525
shares

 

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते बिहान ९ बजे काठमाडौंस्थित कम्पनीको सभाकक्षमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

 

साथै, आईपीओ प्रक्रियाका क्रममा नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन, थपघट वा अन्य कुनै परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पेश गरिनेछ ।

 

त्यसैगरी, कम्पनीको व्यवसाय विस्तारका लागि जग्गा खरिद गर्ने प्रस्तावसमेत सभाबाट अनुमोदन गरिने कार्यसूचीमा समावेश । सभाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सो अवधिको वित्तीय विवरणसमेत पारित गर्नेछ ।

civil hospital
Hams Hospitals