Banner ad for NADA AUTO SHOW -2026

भोली सार्वजनिक विदा

393
shares

काठमाडौं । नेपाल सरकारले आगामी भदौ १० गते बुधबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने जनाएको हो।

मन्त्रालयका अनुसार मोहम्मद जयन्ती भदौ १० गते परेको जानकारी मुस्लिम आयोगबाट प्राप्त भएपछि उक्त दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार सरकारले भदौ १० गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामना समेत व्यक्त गरेको छ।

civil hospital
Hams Hospitals