Banner ad for NADA AUTO SHOW -2026

लघुकथा : विडम्बना

144
shares

 

 

 

“किन, ढिलो भएन ?” आमा कराउँनुभयो ।

 

विएलइको परीक्षा नजिकिएको छ, बिहान बेलुका ट्युसन जानुपर्ने हुन्छ, दिउँसो विद्यालय धपडी त्यस्तै छ । आरामले खाने, खेल्ने, घुम्ने फुर्सत् छैन । राम्रोसँग पढे नतिजा राम्रो आउँला नत्र भन्न सकिन्न । दौँतरीलाई जित्नु छ, प्रतिस्पर्धा पनि बेग्लै छ ।

 

उषा र कला मिल्ने साथी हुन्, उनीहरू एकछिन छुट्टिदैन्थे । बाहिर मिलेता पनि पढाइको विषयमा मौन प्रतिस्पर्धा चलिरहन्थ्यो । प्रतिशत हेरिन्थ्यो, यद्यपि मिलाप भने बेजोडको थियो ।

 

“आफूलाई ट्युसन जान ढिला  भइसक्यो,साथीहरू कुर्दैनन् के ? म गएँ है, आमा !” उषा कराई, गई

 

दुबैसङ्गै जान्छन्, पढेर घर फर्कन्छन् । कलाको घर बाटैमा पर्छ, ऊ बिदा हुन्छे,  जान्छे । उषाको घर केही टाढा पर्छ, सुनसान, बस्ती नभएको बाटो कट्नु पर्ने हुन्छ ।

 

आमा सदा झै खाना बनाएर काममा निस्कनुभयो । बेलुका घरमा आउँदा छोरी घरमा हुदिनन् । बोलाउँनुभयो,”उषा ए उषा, कहाँ गई, छैन,आएकी छैन,अझै ?” कराउँदै घरधन्दामा अल्झिनुभयो । झमक्क साँझ पर्यो, बत्ती बाल्नुभयो, सोधखोज गर्न थाल्नुभयो । कलालाई फोन लगाउँनुभयो, “तिमी कहाँ हो,खोई उषा, अहिलेसम्म आएकी छैन, कहाँ छ ?” एकै सासमा सोध्नुभयो

 

“अहँ छैन, आज दिउँसो विद्यालय पनि आइन् , किन हो, कहाँ गई र ?” कलाले प्रतिप्रश्न गरी, अन्जान बनी, आफैं अन्योलमा परी

 

गाइँगुइँ चल्यो, छिमेकी जम्मा भए, आफन्तीकोमा खबर गरियो, बुझियो । पत्तो लागेन, कोही कता त कोही कता लागे, खोज्न थाले ।

 

समसामयिक परिवेश नियालेर एउटाले भन्दै थियो, “मान्छे विवेकशून्य बन्दैछन्, बढेकी चेली, अप्रिया घटना नघट्ला भन्न सकिन्न ।“ वरिपरि खोजे, केही सुइँको पाएनन् । अनेक शङ्का उपशङ्का उब्जिएको थियो । मनमा डरले बास गरिसकेको थियो । उसले फेरि थप्यो, “हुनत तीन वर्षको बालिका सुरक्षित छैनन् देशमा, बलात्कारका घटना दोहोरिएका छन, यौन दुर्व्यवहारका घटना आइरहेका छन् । राज्यले कडा कानुन नबनाउँदा अपराधी मौलाएका छन, कहिलेसम्म नारी भएकै कारणले अकालमा मर्नुपर्ने हो, केही भन्न सकिन्न ?” उपेक्षा भरिएको गह्रौ स्वरमा ऊ गुन्गुनायो । राज्यप्रणालीको निन्दा गर्यो

 

आमाको विलाप गर्दै हुनुहुन्थ्यो ,कहाली लाग्दो थियो, रूदै भन्दै हुनुहुन्थ्यो, “छोरी,तिमी कहाँ छ्यौ ? जहाँ छ्यौ कुशल छ्यौ नि अहिलेसम्म ।“ भगवान रक्षा गरिदिनुहोस् है, लाचार हुँदै याचना गर्दै हुनुहुन्थ्यो ।

 

सबै प्रत्यक्ष नियाली रहेको एउटाले औल्याउँदै भन्यो, “छोरी भएर जन्मनु अपराध हो, जन्मदै उसको अस्तित्वमाथि प्रश्न उठ्छ, कामवासनाको साधन ठानिन्छ । उसको शरीरमा अधिकार अर्कैको हुन्छ, के निर्जीव साधन हो ?“ ऊ आफन्त थियो, पिडा भयो, लगातार भनिरह्यो ।

 

त्यतिकैमा अर्कोले खबर ल्यायो,आत्तिएको थियो, हड्बडाएको स्वरमा बोल्यो, “तल्लो फाँटको झाडीमा आँखामा पट्टी बाँधिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ ।“ सबै अत्तालिए, उतैतिर लागे

 

 

civil hospital
Hams Hospitals