एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा रु. १ करोड सहयोग हस्तान्तरण
वि.सं.२०८३ भदौ १३ शनिवार
shares
काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको रु. १ करोड सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी नेपाल सरकारका अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो।विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग गरेको जनाएको छ।
सहयोग हस्तान्तरणका क्रममा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा स्वास्थ्य सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ।
कम्पनीले विपद्का बेला नागरिकको जीवनरक्षा र पुनर्स्थापनाका लागि राज्य तथा सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्दै आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।






























