सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा विपद् उद्धार कोषमा ५ करोड १ लाख सहयोग
वि.सं.२०८३ भदौ १८ बिहीवार
shares
काठमाडौं । सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्रदान गरिएको उक्त रकम उद्धार तथा राहत, स्वास्थ्य उपचार र बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनालगायतका कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ।
यसैबीच, समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिप्रदियन सहायता संस्था’मार्फत प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।
सहायता संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमै पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा अन्य आधारभूत सामग्री वितरण गरिरहेका छन्। प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै स्थानीय तहमा समन्वय गरी आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ।
सिप्रभ्य समूहले राष्ट्र संकटमा परेको समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्ध भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर सहकार्य गर्ने समूहले जनाएको छ।





























