राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा हिक्मतबहादुर भण्डारी तोकिए
वि.सं.२०८३ भदौ १८ बिहीवार
shares
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा अर्थ मन्त्रालयका उपसचिव हिक्मतबहादुर भण्डारीलाई तोकेको छ।
अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाले भण्डारीलाई पठाएको पत्रअनुसार नेपाल सरकार (माननीय अर्थमन्त्री) को २०८३ साउन १५ गतेको निर्णयबाट अर्को व्यवस्था नभएसम्मका लागि उनलाई राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा काम गर्ने गरी तोकिएको हो।
मन्त्रालयले भण्डारीलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको नियमावली तथा प्रचलित कानुनको अधीनमा रही आफ्नो काम, कर्तव्य र आचरण पालना गर्नसमेत अनुरोध गरेको छ।
भण्डारी हाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण तथा अनुसन्धान महाशाखामा उपसचिवका रूपमा कार्यरत रहेको अर्थ मन्त्रालयको विवरणमा समेत उल्लेख छ।



























