४६ जना शाखा अधिकृतको सरुवा, ३० स्थानीय तहमा र १६ सिंहदरबारमै
वि.सं.२०८३ भदौ २५ बिहीवार
522
shares
shares
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवालाई तीव्रता दिएका छन्। पछिल्लो निर्णयअनुसार ४६ जना शाखा अधिकृतको सरुवा गरिएको छ।
मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार ४६ जना शाखा अधिकृतमध्ये ३० जनालाई विभिन्न स्थानीय तहमा खटाइएको छ भने बाँकी १६ जनालाई सिंहदरबारभित्रकै विभिन्न निकाय तथा कार्यालयमा सरुवा गरिएको छ।
पछिल्लो समय मन्त्रालयले कर्मचारीको सरुवा तथा पदस्थापनलाई निरन्तरता दिँदै आएको छ। यसैक्रममा एकैपटक ४६ जना शाखा अधिकृतको सरुवा गरिएको हो।
सरुवा भएका कर्मचारीको नाम, यसअघि कार्यरत कार्यालय र नयाँ जिम्मेवारीसहितको विस्तृत विवरण यस्तो छ:






























