सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा सुद्युम्न प्रसाद उपाध्याय दोहोरिए

150
shares

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन् ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई थप चार वर्षका लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

उपाध्यायको हालको कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ । त्यसपछि उनले दोस्रो कार्यकालका रूपमा कम्पनीको नेतृत्व सम्हाल्नेछन् ।

कम्पनीका अनुसार उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि सुरु भई २०८७ कात्तिक ६ गतेसम्म कायम रहनेछ ।

उपाध्यायले यसअघि पनि सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

civil hospital
Hams Hospitals