एसीसी प्रिमियर कपः युएईलाई हराउँदै नेपाल च्याम्पियन
वि.सं.२०८३ भदौ २७ शनिवार
672
shares
shares
काठमाडौं। एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ।
भर्खरै सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
नेपालले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै युएईमाथि प्रभावशाली जित निकालेर प्रतियोगिताको उपाधि आफ्नो नाममा गरेको हो। यो जितसँगै नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।































