रेडक्रसका सल्लाहकारले लुकाएको मोटरसाइकल समाचार प्रकाशित भएको तीन घण्टामै प्रहरी नियन्त्रणमा  

48.9K
shares
Nabil bank

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा नन्दराज थपलियाले प्रयोग गर्दै आएको मोटरसाइकलबारे समाचार प्रकाशित भएको करिब तीन घण्टामै ट्राफिक प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयबाटै उक्त मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

 

मोटरसाइकलको विषयमा समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले थपलियालाई आवश्यक केरकार तथा जाँचका लागि बोलाएको थियो। तर, त्यस क्रममा थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटका विभिन्न व्यक्ति तथा नेताहरूलाई फोन गरी प्रहरीमाथि नै दबाब सिर्जना गर्ने प्रयास गरेका छन् ।

 

रेडक्रसमा कार्यरत एक कर्मचारीका अनुसार थपलियाले रास्वपाका केही नेता तथा कार्यकर्तालाई फोन गरी प्रहरीकोमा नजाने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

 

उनले प्रहरीलाई समेत धम्कीपूर्ण भाषामा कुरा गरेको आफूहरूले थाहा पाएको ती कर्मचारीले बताए।

 

‘प्रहरीले सामान्य जाँच तथा केरकारका लागि बोलाउँदा उहाँले विभिन्न व्यक्ति तथा नेताहरूलाई फोन गर्नुभएको थियो,’ रेडक्रसमा कार्यरत ती कर्मचारीले भने, ‘प्रहरीलाई नै दबाब दिने र धम्की दिने शैलीमा कुरा भएको हामीले थाहा पाएका छौँ।’

थपलियालाई प्रहरीले उक्त मोटरसाइकलसहित नियन्त्रणमा लिएर पक्राउ गरिएको हो । पक्राउपछि उनलाई प्रहरी चौकीमा राखी घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

मोटरसाइकल हरायो भन्दै आफैँसँग राख्ने थपलिया रेडक्रसको सल्लाहकार, एमाले,समाजवादी र रास्वपा बनेर रेडक्रसमा लुट्दै

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x