प्रधानमन्त्रीको जिल्लामा एक पालिकामा दुई हाकिम !

447
shares

 

 

झापा । प्रधानमन्त्रीको गृहजिल्ला झापाको कमल गाउँपालिकामा एकैपटक दुई जना प्रमुख प्रशासकीय अधिकृत खटाइएको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिता रिमाल र सुमन यङयालाई खटाएपछि एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत कसरी पुगे भन्ने प्रश्न उठेको हो ।

एउटै पदमा दुई जना कर्मचारीलाई जिम्मेवारी दिइएको अवस्थामा कार्यालय सञ्चालन, प्रशासनिक निर्णय, आर्थिक कारोबार तथा कर्मचारी व्यवस्थापनमा समेत अन्योल उत्पन्न हुनसक्ने देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक नेतृत्व गर्ने महत्वपूर्ण पद भएकाले एउटै पालिकामा दुई जनालाई जिम्मेवारी दिइएको हो भने त्यसको स्पष्ट प्रशासनिक आधार आवश्यक हुन्छ ।

मन्त्रालयले कर्मचारी व्यवस्थापन तथा सरुवाको निर्णय गर्दा सम्बन्धित स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अवस्था, नयाँ कर्मचारीको पदस्थापन तथा जिम्मेवारीको स्पष्टता हेर्नुपर्ने हुन्छ । तर कमल गाउँपालिकाको हकमा दुई जनाको नाम जोडिएपछि मन्त्रालयको निर्णय प्रक्रियामाथि नै प्रश्न उठेको छ ।

civil hospital
Hams Hospitals