विश्वकर्मा पूजाको दिन नेपालभर १५० टाटा गाडीको डेलिभरी

153
shares

काठमाडौं । विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले एकै दिन देशभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।

विश्वकर्मा पूजा नेपाली समाजमा नयाँ सवारीसाधन खरिद गर्ने, सवारी तथा औजारको पूजाआजा गर्ने विशेष दिनका रूपमा लोकप्रिय छ। यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभर रहेका २२ वटा शोरुममार्फत ग्राहकलाई टाटा गाडीको डेलिभरी दिएको जनाएको छ।

विश्वकर्मा पूजाका दिन हस्तान्तरण गरिएका सवारीसाधनमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडलहरू नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी लगायत रहेका छन्। यससँगै विभिन्न आन्तरिक दहन इन्जिन (ICE) मोडलका गाडीहरू पनि ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

सिप्रदीका अनुसार डेलिभरी गरिएका अधिकांश गाडीहरू यस वर्ष आयोजना भएका नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोका क्रममा सार्वजनिक, लन्च तथा बुकिङ गरिएका मोडलहरू हुन्। ती प्रदर्शनी तथा अटो शोमा ग्राहकबाट प्राप्त बुकिङ र चासोलाई आधार बनाएर प्रक्रिया पूरा भएका गाडीहरू विश्वकर्मा पूजाको शुभ अवसरमा हस्तान्तरण गरिएको हो।

नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढिरहेको अवस्थामा टाटाका नयाँ पुस्ताका ईभी मोडलहरूको डेलिभरीले बजारमा थप उत्साह सिर्जना गरेको कम्पनीको भनाइ छ। विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको सिप्रदीले जनाएको छ।

एकै दिन देशभर ठूलो संख्यामा टाटा गाडी डेलिभरी हुनु नेपाली अटोमोबाइल बजारमा टाटा मोटर्सप्रतिको ग्राहकको निरन्तर रुचि र विश्वासको संकेत भएको कम्पनीले बताएको छ। ग्राहकको आवश्यकता र बजारको मागअनुसार आधुनिक प्रविधि, सुरक्षा तथा सुविधा भएका विभिन्न मोडलका सवारीसाधन उपलब्ध गराउँदै आएको सिप्रदीको भनाइ छ।

विश्वकर्मा पूजाको धार्मिक तथा सांस्कृतिक महत्वसँगै नयाँ सवारीसाधन घर भित्र्याउने नेपाली परम्पराका कारण यस दिन गरिएको डेलिभरी कार्यक्रम थप विशेष बनेको कम्पनीले जनाएको छ।

सिप्रदीका अनुसार नेपाली बजारमा ग्राहकको बदलिँदो आवश्यकता र विद्युतीय सवारीसाधनप्रतिको बढ्दो चासोलाई ध्यानमा राख्दै टाटा मोटर्सका नयाँ मोडलहरू आगामी दिनमा पनि निरन्तर प्रस्तुत गरिँदै जानेछन्।

civil hospital
Hams Hospitals