राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारणसभा असोज २ गते

105
shares

 

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी असोज २ गते गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा शुक्रबार, असोज २ गते (सेप्टेम्बर १८, २०२६) बिहान ११ बजे काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लि. मा बस्नेछ।

कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार साधारणसभामा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव राखिएको छ।

त्यस्तै, ती आर्थिक वर्षका लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरणका अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

साधारणसभामा महालेखापरीक्षकको कार्यालयको परामर्शबमोजिम आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी प्रस्ताव समेत पेश गरिने कम्पनीले जनाएको छ।

यसका साथै विविध विषयमा छलफल गर्ने कार्यसूची पनि रहेको छ।

सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको चौथो साधारणसभा लामो समयदेखि रोकिएका आर्थिक वर्षका वित्तीय विवरण तथा लेखापरीक्षणसम्बन्धी विषयलाई अघि बढाउने दृष्टिले महत्वपूर्ण मानिएको छ। साधारणसभाबाट पुराना आर्थिक वर्षका प्रतिवेदन पारितसँगै लेखापरीक्षण प्रक्रिया समेत अगाडि बढ्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals