जेनजी आन्दोलनका क्रममा फरार कैदी १३ महिनापछि पक्राउ

203
shares
Nabil bank

 

 

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–६, धर्मस्थली बस्दै आएका ४६ वर्षीय चन्द्र दमाई केसी छन्।

 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका केसी गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट फरार भएका थिए।प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x