विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध

290
shares
Nabil bank

 

काठमाडौं । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने सुर्खेतमा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

नेपाल प्रहरीका अनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ तथा आरुघाट गाउँपालिका–९ स्थित नयाँपुलमा बाढीका कारण सडक अवरुद्ध भएको हो। सोतिदेखि मान्बु जाने पुल २०८३ असोज २५ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–७, औलिसेमा पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भएको छ। उक्त सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले विपद्का कारण प्रभावित सडकमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन तथा सावधानी अपनाउन आग्रह गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x