न्यायाधीशपछि प्रधानन्यायाधीश शर्माको नामसमेत बिचौलियाको आर्थिक लेनदेनको लिष्ट्मा 

116
shares
Nabil bank

काठमाडौं । न्यायालयको सर्वोच्च पदमा आसीन प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत बिचौलिया इनम सापकोटासँग जोडिएको  आर्थिक लेनदेनको विवरणमा उल्लेख भएको  सार्वजनिक भएको छ ।  न्याय क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँग बिचौलियाको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान भइरहेको  बेला सार्वजनिक भएको विवरणले सर्वोच्च अदालतको पारदर्शिता, न्यायिक निष्पक्षता र संस्थागत जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

 

विवरणमा प्रधानन्यायाधीश शर्माले विभिन्न महिनामा रकम प्राप्त गरेको उल्लेख रहेको दाबी गरिएको छ। उक्त विवरणमा नोभेम्बरमा ५८ हजार ३३३ रुपैयाँ तथा डिसेम्बर र जनवरीमा प्रतिमहिना ७० हजार रुपैयाँका दरले रकम हालेको  उल्लेख गरिएको छ।

 

बिचौलियाको सम्पर्क सञ्जालमा उच्च पदस्थ व्यक्तिको नाम

 

विवरणमा प्रधानन्यायाधीश शर्माका अतिरिक्त ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेलको नामसमेत छ । त्यस्तै,   बर्खास्तीमा परेक सशस्त्र प्रहरीका एआईजी वंशी दाहालको नाम पनि जोडिएको छ।

 

 

प्राप्त कागजातमा  सापकोटाकी श्रीमती कविता पाण्डेको सानिमा बैंकस्थित खातासम्बन्धी जानकारी र अमेरिकामा रहेका निराजन पाण्डेको बैंक अफ अमेरिकास्थित खाताको विवरण उल्लेख छ ।  तीमध्ये कुनै एक खातामा ७ हजार ५०० अमेरिकी डलर बराबरको रकम जम्मा गर्न भनिएको विवरणसमेत रहेको छ।

 

तर उक्त रकम कसले, कसलाई, कुन प्रयोजनका लागि र वास्तवमै जम्मा गरेको हो भन्ने विषयमा स्वतन्त्र पुष्टि हुन भने बाकी छ ।

 

 

यसअघि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल र बिचौलिया सापकोटाबीचको भनिएको कुराकानी तथा भेटघाटसम्बन्धी विवरण केही संचार माध्यमले सार्वजनिक गरेका थिए । त्यसपछि प्रधानन्यायाधीश शर्माको नामसमेत  आर्थिक विवरणमा जोडिएको समाचार सार्वजनिक भएका छन् ।

 

सापकोटाको सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको सम्पर्क तथा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको उठबससम्बन्धी विवरणले प्रकरणको दायरा थप फराकिलो बनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x