दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार चक्काजाम
वि.सं.२०७७ माघ २१ बुधवार
1.1K
shares
shares
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार चक्काजाम गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध विद्यार्थीहरूले मुलुकभर चक्काजाम गरेका हुन् । बुधबार बिहान काठमाडौंको प्रर्दशनीमार्गमा चक्काजाम गरिएको हो ।
कालो कपडा निधारमा बाँधेर कालो झन्डा देखाउँदै प्रदर्शन गरेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए ।




























