प्रचण्डलाई गृहमन्त्री चेतावनी : ‘मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा कोचिन्छ’

13.3K
shares
Nabil bank

काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गर्नै चेतावनी दिएका छन्।

 

नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् । ‘मांसाहारी आन्दोलन गर्नेलाई हाम्रो संविधान र कानुनले त्यसलाई अपराध घोषित गरेको, त्यो अपराध गर्नेलाई, मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गरिन्छ’, गृहमन्त्री थापाले भने।

 

 

केही समय अगाडि राजधानीका युवा तथा विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन साहाकारी मात्रै भएर नहुने, आफूले मांसाहारी आन्दोलन चाहिने बताएका थिए। गृहमन्त्री थापाले प्रचण्डको सोही भनाइतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x