मौरिससविरुद्ध नेपालको शानदार जित
वि.सं.२०७८ माघ १५ शनिवार
24.7K
shares
shares
काठमाडौं। विमल घर्ती मगरले दोस्रो हाफमा गरेको गोलसँगै नेपालले मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा १–० को अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी खेलको ५५औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा नेपाललाई अग्रता दिलाएका हुन्।
पहिलो हाफ गोल रहित बराबरीमा सकिदा विमलले नेपाललाई दोस्रो हाफमा अग्रता दिलाएका हुन्। दोस्रो खेल मंगलबार हुनेछ।
Subscribe
0 Comments
Oldest
































