गणेशमान सिंह स्मृतिमा राष्ट्रिय खेलकुद प्रतियोगिता
वि.सं.२०७८ फागुन १६ सोमवार
shares
काठमाडौ नेपाली खेलकुद जगतमा सहयोग गर्ने उद्देश्यका साथ विभिन्न खेलकुदका गतिविधिहरु संचालन गर्दै आईरहेको यस बीर गणेशमान सिंह स्पोर्टस कमिटिले आयोजना गरेको छौँ ।
नेपालको प्रजातान्त्रीक आन्दोलनका युग पुरुष , निष्ठावान राजनेता एवं जन आन्दोलनका कमाण्डर लौह पुरुष गणेशमान सिंहको स्मृतिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल क्षेत्रमा विविध गतिविधिहरु संचालन गर्दै स्वर्गीय गणेशमान सिंह ज्युको जीवन सन्देशलाई नया पुस्ता सम्म पुयाउदै जाने उद्देश्यका साथ विभिन्न ३ वटा खेलका राष्ट्रिय स्तरको प्रतियोगिता संचालन हुने भएको सहर्ष जानकारी गराउदछौ । वीर गणेशमान सिंह राष्ट्रिय फेन्सी प्रतियोगिता २०७८ साल फालाण २१ बाट २५ गते वीर गणेशमान सिंह राष्ट्रिय वक्सी प्रतियोगिता २०७ ९ साल वैशाख ६ वाट १० गते 3rd वीर गणेशमान सिंह 10K Road Race २०७ ९ साल वैशाख १७ गते यसै हप्ताबाट संचालन हुने वीर गणेशमान सिंह फेन्सीङ्ग प्रतियोगितामा महिला तथा पुरुष तर्फ ३ / ३ वटा ईभेन्टमा प्रतिष्पर्धा हुनेछ भने आगामी बैशाख पहिलो हप्ता संचालन हुने वीर गणेशमान सिंह राष्ट्रिय बक्सीड प्रतियोगितामा ओलम्पिक तौल अनुसार पुरुष तर्फ ७ र महिला तर्फ ५ गरी १२ वटा तौल समुहमा प्रतिष्पर्धा हुनेछन् । ● बैशाख महिनामा नै संचालन हुने 3rd बीर गणेशमान सिंह 10k Road Race मा यस वर्षबाट ५ कि.मि. दौडलाई पनि समावेश गरिएको छ ।
फेन्सी प्रतियोगिताको संयोजकमा संघका कोषाध्यक्ष अनुप कपाली रहनु हुनेछ भने बक्सीङ्ग प्रतियोगिताको प्राविधिक डाईरेक्टरमा बक्सी प्रशिक्षक प्रचण्ड शर्मा र संयोजकमा राजीव श्रेष्ठ रहन भएको छ । यसै गरी 10K Road Race को रेस डाईरेक्टरमा पूर्व मुख्य एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा र संयोजकमा राजन खत्रीलाई जिम्मेवारी प्रदान गरिएको छ । उपरोक्त ३ वटा प्रतियोगिताहरु संचालन गर्न फेन्सीमा रु . २५ लाख , बक्सीडमा ५० लाख ₹ 10K Road Race मा रु १५ लाख सहित कुल रु ९ ० लाख खर्च हुने अनुमान गरिएको छ ।
































