युवा मानसिकताको व्यवस्थापन आवश्यक छ : मन्त्री अथक 

4.3K
shares
Nabil bank

फागुन १९, काठमाण्डौं ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सहि ढंगले ब्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तफुरमा आयोजित अन्तरक्रिया कार्यत्रममा बोल्दै मन्त्री अथकले देश निर्माणकालागि युवाजन्य मानसिकताको ब्यवस्थापन आवश्यक रहेको बताउनुभएको हो ।

परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले युवाहरुलाई असल कार्यकालागी मानसिक रुपमै तयार गर्नुपर्ने बताउनुभयो । नेपालमा तिन थरीका युवाहरु रहेको जिकिर गर्दै मन्त्री अथकले भन्नुभयो, “एकथरी स्वदेशमै केही गरेर सफल भएका, अर्कोथरी विदेश गएर सिप सिकेर आएका र नेपालमै केही गर्न चाहने युवा छन भने स्वदेशमा केही गर्न नसकेर आफ्नै जिवनदेखी निराश भएका तेस्रोथरी युवाहरु पनि हाम्रै समाजमा छन।” उनिहरुलाई एउटै शुत्रमा बाँधेर नयाँ जिवन कसरी देखाउन सकिन्छ भन्ने तर्फ सबैले ध्यान दिनुपर्ने मन्त्री अथकको भनाई थियो ।

युवाहरुलाई नेतृत्व तहमा पुर्याउने आधार तयार गर्न युवा परिषदले विगतदेखी नै महत्वपूर्ण भुमिका खेल्दै आएको बताउँदै मन्त्री अथकले आदर्श जिवनकालागि युवा उमेरदेखी नै सत्कार्यको अभ्यास हुने खालको वातावरण तयार गर्ने दायित्व राज्यको भएको बताउनुभयो । अबका युवाहरुले ब्यवस्था परिवर्तनकालागि कुनै संघर्ष गर्नुपर्ने अवस्था नरहेकाले उद्यमशिल कार्यमा ध्यान दिन समेत मन्त्री अथकले आग्रह गर्नुभयो ।

युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा युवा अभियन्ता तथा युथ भिजन २०२४ निर्माण कार्यदलका सदस्य प्रदिप परियारले युवाको अवस्था, चुनौती र अवसर विषयक कार्यपत्र पेश गर्नुभएको थियो । उक्त कार्यपत्रमाथी टिप्पणी गर्दै विभिन्न वक्ताहरुले सुझाव समेत दिनुभएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x