झापाको विर्तामोडमा आइतबारबाट जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

1.3K
shares

विराटनगर । झापाको विर्तामोडमा आइतबारबाट जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । लायन्स क्लब अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ शुरु भएको हो ।

 

आगामी फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै लायन्सका एलसी आई एफ डिस्ट्रिक कोअडिनेटर लीला चिमरियाले लायन्स क्लव अनारमनीले आयोजना गरेको प्रतियोगिता जिल्ला स्तरीय भएपनि आगामी दिनमा लायन्सको क्यालेन्डरमा समावेश गर्दै प्रदेश स्तरीय हुँदै राष्ट्रिय स्तरमा प्रतियोगिता गराउन दाबी गरे ।

 

प्रतियोगितामा यस वर्ष खुल्लातर्फ ३२ र भेट्रान तर्फ २३ टिम सहभागी रहने लायन्स क्लब अफ अनारमनीका खेलकुद संयोजक दीपक पोखरेलले जानकारी दिए ।

 

विर्तामोड ब्याडमिन्टन क्लबको हलमा सुरु भएको प्रतियोगिताको उद्घाटन सत्रमा खुल्लातर्फ २४ र भेट्रानतर्फ २४ टिमले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा खुल्लातर्फका प्रथमले नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै भेट्रानतर्फ प्रथमले २०‚ द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र हात पार्नेछन् ।

 

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च नेपालका झापा अध्यक्ष मदन गोपाल सुब्बा, विर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी ‘ प्रशान्त’ रोटरी क्लब अफ विर्तामोडका अध्यक्ष निर्मल भट्टराई, जेसीज पूर्वअध्यक्ष समाजका पूर्वअध्यक्ष बिनोद बस्नेत,निर्माण व्यवसायी केदार गिरी, विर्तामोड ब्याडमिन्टन क्लबका हल सञ्चालक रमेश प्रसाईलगायतको आतिथ्यता रहेको थियो ।

 

लायन्स क्लब अफ अनारमनीका अध्यक्ष डा गौरीशंकर झाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन व्यवसायी रविन्द्र भट्टराईले गरेका थिए ।

civil hospital
Hams Hospitals