माओवादी महोत्तरीका संयोजकसहित पाँच नेताले गरे पार्टी परित्यागकाे घाेषणा
वि.सं.२०७८ फागुन २५ बुधवार
3.3K
shares
shares
महोत्तरी । माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी छाडेको घोषणा गरेका छन्।
एमसीसी पारितको विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत् पार्टी नै परित्यागको घोषणा गरेका हुन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।





























