प्रधानमन्त्री देउवाद्वारा पत्रकार सम्मेलन आव्हान
वि.सं.२०७८ फागुन २५ बुधवार
1.7K
shares
shares
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
देउवाले बुधबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । कांग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ।
त्यस्तै, कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो।





























