शिक्षामन्त्रीले भने, ‘विश्वविद्यालय आधुनिकीरण नहुँदासम्म उच्च शिक्षा सुधार हुँदैन’
वि.सं.२०७८ फागुन २९ आइतवार
shares
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताउनुभएको छ । थापाथली इन्जिनियरिङ क्याम्पसको४६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युगसुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भन्नुभयो, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरुको सवलिकरणमा ध्यान दिनुपर्यो ।’
देश सुरुङमार्ग, लिफटिङ सिचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुन आग्रह गर्नुभयो । जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भन्नुभयो, ‘यस्तो परम्परालाई चिर्नुपर्यो ।’
पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने बताउनुभयो ।
‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’ उहाँले भन्नुभयो, ‘यसका लागि दक्षजनशक्ति चाहिन्छ ।’
विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यसवर्षदेखि देशका ५० बढी क्याम्पसहरुको भौतिक संरचना बन्ने उहाँको भनाइ छ ।
कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र उर्जाशील भएमात्रै नविनतम नतिजा दिन सकिने बताउनुभयो । आफ्नो अधिकारको खोजी मात्रै गरेर नुहुने भन्दै कतर्व्य पनि भूल्न नहुनेमा उहाँले जोड दिनुभयो ।

























