सुनचाँदीको मूल्यमा सामान्य गिरावट

1.7K
shares

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनकाे मूल्यमा ५ सय रुपैयाँले गिरावट आएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ सोमबार ५ सय रुपैयाँले घटेर एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको भाउ तोलाको एक लाख १ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएकाे छ ।

civil hospital
Hams Hospitals