संवैधानिक आयोगमा नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखियाे
वि.सं.२०७८ चैत ४ शुक्रवार
2.3K
shares
shares
संवैधानिक आयोगहरुमा गरिएका नियुक्ति बदरको मागसहित परेको मुद्दा बुधबारसम्मका लागि ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष संवैधानिक परिषद् बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याई तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेकाे उक्त नियुक्ति बदरको मागसहित परेको रिटमा आज प्रारम्भिक बहस भएको र बुधबारसम्मका लागि ‘हेर्दाहेर्दैमा’ राखिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेललगायतले उक्त अध्यादेश संविधानको मर्मविपरीत रहेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।




























