नेपाल पत्रकार महासंघले स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना गर्ने

23.2K
shares
Nabil bank

काठमाडौं।नेपाल पत्रकार महासंघले आफ्नो ६७ औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

यहि चैत १६ गते महासंघले यस पटक पत्रकारबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको छ ।

साथै, यसले प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई पनि अन्तरक्रिया र संवादको अवसर दिने महासंघको विश्वास छ ।

चैतको दोस्रो साता हुने फुटसल प्रतियोगितामा १५ भन्दा बढी टिमका १५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने अपेक्षा गरिएको महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्ती जनाईएको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा सञ्चार गृह, महासंघको प्रदेश र जिल्ला शाखाको साथै एसोसियट संस्थाहरूलाई सहभागिता जनाउन महासंघले अपिल गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x