विश्व क्रिकेट लिग २ : यूएईसँग नेपालकाे फराकिलो हार
वि.सं.२०७८ चैत ७ सोमवार
23.2K
shares
shares
विश्व क्रिकेट लिग–२ मा नेपालले यूएईसँग फराकिलो हार ब्यहोरेको छ । जारी शृंखलामा नेपालले युएईसँग ९९ रन हार ब्यहोरेको हाे ।
यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो ।
हारसँगै अंक तालिकामा नेपाल छैटौं स्थानमा यथावत छ। ११ खेल खेलेको नेपालले ४ खेलमा जित र ६ खेलमा हारसहित १० अंक जोडेको छ । नेपालले अब मंगलबार अन्तिम खेलमा पपुवा न्यूगिनीको सामना गर्नेछ ।
Subscribe
0 Comments
Oldest
































