मधेसमा आक्रामकरुमा अघि बढ्दै ओली

18.2K
shares
Nabil bank

अर्को महिना (वैशाख) देखि मुलुकमा ‘चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभाव’ जमाउन सक्रिय छन् । त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराई/मधेसमा पार्टीको स्थिति मजबुत बनाउनतिर ओली क्रियाशील छन्।

हिमाल र पहाडमा एमालेको संगठन ‘मजबूत’ नै मानिन्छ। विगतमा ‘मधेस र संघीयता’ विरोधीको ‘ट्याग’ एमालेमाथि छ। त्यही भएर एमाले अध्यक्ष ओलीको ध्यान तराई मधेसमा केन्द्रित रहेको एमालेकै नेताहरू बताउँछन् । सत्ता सहयात्री दलहरू गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली भने तराई-मधेसका जनप्रतिनिधिलाई पार्टीलाई धमाधम भित्र्याउँदैछन्।

चुनाव जित्ने रणनीतिमा ओली छन्। ओली आफै मधेसमा नेताहरू पार्टीमा भित्र्याउन खटिएका छन् । कार्यक्रममा आफै जान्छन्, र नेताहरू प्रवेश गराइरहेका छन्। वीरगन्ज, रंगेली, नेपालगन्ज, कपिलवस्तु, बारालगायत स्थानमा भएको पार्टी प्रवेशमा अध्यक्ष ओली नै गए। एमालेले मधेसमा आक्रामक रूप अगाडि आएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x