विदेशी मुद्राको विनिमयदर सार्वजनिक, हेर्नुहोस् कत्तिमा हुँदैछ काराेबार
वि.सं.२०७८ चैत १४ सोमवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारकाे विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाे अनुसार अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम हुदाँ यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४२ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा कायम गरेकाे छ । त्यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ सात पैसा र बिक्री दर १३१ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा,जापानी येन १० को खरिददर नेपाली नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ एक पैसा, चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा, कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ दुई पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ तीन पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।




























