नयाँ वर्षको लागि जावाको न्यू ईयर स्किमस्
वि.सं.२०७८ चैत १४ सोमवार
shares
नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. अन्तर्गत जावा मोटरसाइकलले नयाँ वर्षको अवसरमा जावा मोटरसाइकलको फोर्टी–टु , जावा, र पेराक सबै मोडलमा नेपाल अधिराज्यभरि लागु हुने गरी न्यू ईयर स्किम ल्याएको छ । यो स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा रु १४०००/– को फ्ल्याट डिस्काउन्ट पाउन सक्नुहुनेछ ।
यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिनेछ ।
अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि निकै रुचाईएको जावा मोटरसाइकलले यस स्किममार्फत सबैबाट थप सकारात्मक प्रतिक्रिया पाउने विश्वास पनि गरिएको छ
































