बलेफी हाइड्रोपावरको आईपिओ खुल्याे

बलेफी हाइड्रोपावरको आईपिओ बुधबार चैत १६ गते देखि सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला गरेको छ।

कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेकाे तथा इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन भने चैत १६ गतेदेखि चैत्र २१ गतेसम्म दिन सकिने छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro