रियलमीद्वारा १०० डेज रिटेलर स्किम विजेताहरुको घोषणा
वि.सं.२०७८ चैत १७ बिहीवार
shares
काठमाडौं, चैत्र १७। विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ । यो स्किम नेपालभरि रहेका १००० भन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरु बीच १०० दिन चलेको थियो ।
विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु चैक्र ९ का दिन एक कार्यत्रमका बीच हस्तान्तरण गरिएको थियो । सेप्टेम्बर २१, २०२१ देखि चलेको यो स्किम डिसेम्बर २१, २०२१ मा अन्त्य भएको थियो ।
सबै विजेता रिटेलरहरुलाई ऊक्त कार्यत्रममा उपहारहरु वितरण गरिएको थियो । ए२जेड मोबाइल्स्, नारायणघाटले प्रोटोन सागा कार जितेको थियो । श्री मुनिस गिरी, रियलमी नेपाल प्रमुख, दीफक नाक्रा, बित्री निर्देशक, सक्क्षम जाटिया, कार्यकारी निर्देशक, शंकर ग्रुप र सुलभ अग्रवाल, उपाध्यक्ष, शंकर ग्रुपको उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो ।
रियलमी नेपालमा लन्च भए सँगै यो स्किम सबै वितरण च्यानलहरुको लागि खुला गरिएको थियो । यो स्किम लन्च हुँदा रियलमीको चारवटा स्मार्टफोनहरु मात्र नेपाली बजारमा उपलब्ध थिए – रियलमी सी२१, रियलमी सी२०, रियलमी सी११ २०२१, र रियलमी ८ । पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए ।
रियलमीको बारेमा
टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ५ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन्।
२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार भारतीय बजारमा छन् लयाउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी ह्छण् एचय छन् र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष छन् स्मार्टफोन ब्रान्ड बनेको छ ।
रियलमीले ज्ञ छ त् रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ४ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ® ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।
थप जानकारीको लागि कृपया www.realme.com र सम्पर्क गनुहोस् ।




























