भोलिबाट पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी
वि.सं.२०७८ चैत १८ शुक्रवार
20.9K
shares
shares
काठमाडौं । नेपाल पेट्रोलियम डिलर एसोसिएसन सरकारले बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि शनिबारबाट पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएको छ।
सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनले जनाएको छ।
पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाएपछि बिहीबारबाट नै व्यवसायीले पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प पारेका छन्।
सरकारले बिक्रेतालाई कमिसन नदिने कुरा आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाएको एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले बताए। निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसायीले नयाँ मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको थियो।
Subscribe
0 Comments
Oldest
































