दीपेन्द्रसिंहकाे शानदार शतक, नेपालले दियाे मलेसियालाई विशाल लक्ष्य
वि.सं.२०७८ चैत १९ शनिवार
29.1K
shares
shares
काठमाडौँ । नेपालले मलेसियालाई जितका लागि २ सय २४ रनको विशाल लक्ष्य दिएकाे छ । त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा पहिला ब्याटिङ गरेकाे नेपालले मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीकाे शानदार शतककाे मद्वतमा २ सय २४ रनकाे विशाल लक्ष्य दिएकाे हाे ।
ऐरीले ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय १० रन बनाएका हुन् । ऐरी नेपालबाट टि२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो नेपाली खेलाडी हुन्। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि२० आईमा शतक प्रहार गरेका थिए ।
Subscribe
0 Comments
Oldest
































