पपुवा न्युगिनीलाई नेपालले दियाे १ सय ६९ रनको विजयी लक्ष्य
वि.सं.२०७८ चैत २१ सोमवार
17.3K
shares
shares
काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रनकाे लक्ष्य दिएकाे हाे ।
नेपाल र पीएनजी दुबै टाेली उपाधि हात पर्ने योजनासहित मैदान उत्रेका हुन् । नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुग्दा पीएनजीले उपविजेताको रुपमा फाइनलमा पुगेको टाेली हाे । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा कायम रहँदै फाइनल पुगेको हो ।
त्यस्तै, पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो ।
Subscribe
0 Comments
Oldest
































