नेपाल राष्ट्र बैंकले गर्याे थप कडाइ, अब खुल्ने छैनन् यी वस्तुका एलसी

4.7K
shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले वस्तु आयात थप कडाइ गर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकले करिब ३०० माथिका वस्तुको आयातमा कडाइ गरेको छ। राष्ट्र बैंकले गाडी, सुन तथा दैनिक उपभोग हुने वस्तुको आयात रोक्न बैंकहरुलाई प्रतितपत्र (एलसी) नखोल्न निर्देशन दिएको हाे ।

भर्खरै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकालले गाडी, मोटरसाइकल, सुनलगायत विलासिताका वस्तुको प्रतितपत्र (एलसी) नखोल्न भनेता पनि अब केहि दिनका लागि ३०० वस्तुको प्रतितपत्र (एलसी) नखोल्न निर्देशन दिएका हुन् ।

अब बैंकहरुले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य बस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका, परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदर ,ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका ,माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्, छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्टका वस्तु आयातका लागि बैंकले प्रतितपत्र (एलसी) खोल्ने छैनन्।

त्यस्तै, कफी, चिया, गाईवस्तुको दाना, शरीरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विडका साथै साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामाग्री, छाला तथा छालाजन्य सामाग्री, कार्पेट र फ्लोरमा लगाउने अन्य सामग्री, कपडा, मोती, बहुमूल्य ढुंगा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, कुसन र एन्टिक, डिजाइन गाडी, मोपेड, साइकल र आवश्यक पर्ने मोटर आयात पनि बैंक गर्ने छैनन्। बैंकहरुले अब गाडी तथा यसमा लाग्ने इक्विपमेन्ट, मेसिनरी तथा पार्टपुर्जा, धान, चामल, सुन, रेडिमेड कपडा, विद्युतीय उपकरण, कपडाजन्य वस्तु, चाँदी, धागो जस्ता वस्तु आयातका लागि बैंकले प्रतितपत्र (एलसी) खोल्ने छैनन्।

बैंकहरुलाई राष्ट्र बैंकले मंगलबार आफ्ना सबै शाखाहरुमा सर्कुल जारी गर्दै प्रतितपत्र नखोल्न जानकारी गराइ सकेका छन् । केहि समयका लागि प्रतितपत्र खाेल्न प्रतिबन्ध लगाएपनि समस्यामा सुधार आएपछि नियमित प्रतितपत्र खाेल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

civil hospital
Hams Hospitals