रोनाल्डोकाे क्लब करियरमा ५० औं ह्याट्रिक, युनाइटेड विजयी

19.4K
shares
Nabil bank

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गरेका छन् । राेनाल्डाेकाे ह्याट्रिककाे मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको जित निकालेको छ ।

सातौं मिनेटमा रोनाल्डाको गोलमा युनाइटेडले अग्रता बनायो । ३२ औं मिनेटमा रोनाल्डोको ब्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा डेवेलले गोल गर्दै अग्रता २-१ मा झारे । पुक्कीले ५२औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए

तर खेलको ७६ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे। रोनाल्डोको यो क्लब करियरको ५०औं ह्याट्रिक हो । खेल करियरको भने यो ६० औं ह्याट्रिक हो । साथै रोनाल्डो ६०औं ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् ।

जितपछि म्यानचेस्टर युनाइटेडले ५४ अंक बनाउँदै शीर्ष पाँचमा रहेको छ । लिगको पुछारमा रहेको नर्विचको २१ अंक छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x