मण्डनदेउपुरको वडा नं -०८ को अध्यक्षमा एमालेबाट युवा नेता सरोज पौडेलको दाबी

2.1K
shares

मण्डनदेउपुर /बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मण्डनदेउपुर नगरपालीकाको वडा नं -०८ को वडा अध्यक्षमा नेकपा एमाले वडा कमिटी अध्यक्ष एवम् युवा नेता सरोज पौडेलले दाबी गर्नु भएको छ । उहाँले आफु पनि वडा अध्यक्षको दाबेदार रहेको अग्रणी खबरलाई जानकारी दिनु भयो। स्थानीय तहको निर्वाचन नजिकिएसंगै उम्मेद्वारहरुको चर्चा शुरु भएको छ ।

पौडेल २०६३ सालमा अनेरास्ववियु आर आर क्याम्पस कमिटीको सदस्य र सिफ्ट कमिटीको अध्यक्ष हुनु भएको थियो।उहाँले सोही क्याम्पसको प्रा.क कमिटी सदस्य र सचिवालय सदस्य हुँदै विद्यार्थी राजनीति मार्फत आफ्नो राजनीतिक यात्रा अगाडि बढाउनु भयो।

 

क्याम्पसको राजनीति हुँदै राष्ट्रिय रुपमा विद्यार्थी नेताको छवी बनाउनु भएका पौडेल अनेरास्ववियु केन्द्रिय कमिटीका सदस्य समेत हुनु भैसकेको छ।उहाँले वडाबासीको माझमा आफू लोकप्रिय युवा नेताको रूपमा रहेको समेत दाबी गर्नु भएको छ।

स्थानीय निर्वाचन २०७४ मा सोही वडामा वडा अध्यक्षमा नेकपा एमालेले जित हासील गरेको थियो।

civil hospital
Hams Hospitals