नेपाल चेम्वर अफ कमर्स तथा आइएमएफका प्रतिनिधि वीच चेम्वरमा भेटवार्ता
वि.सं.२०७९ वैशाख १३ मंगलवार
shares
हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको उल्लेख गर्दै नेपालको वैदेशिक व्यापारमा वढदै गइ रहेको व्यापार घाटालाइ न्युन गर्न बिकाश साझेदार संस्थाहरुले उर्जा,पर्यटन तथा कृषि क्षेत्रलाइ प्राथमिकता दिनु पर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताउनु भयो ।
आइएमएफका एशिया प्यासिफिक बिभागका प्रमूख श्री रवर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्रतिनिधि मण्डल र चेम्वर अफ कमर्सका पदाधिकारीहरु वीच आज भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले कोभिड(१९को प्रकोपको सन्दर्भमा आइएमएफले प्रदान गरेको सहयोगको लागि धन्यबाद ज्ञापन गर्दैे कृषिलाइ प्राथिमिकता दिन फूड वैंकको व्यवस्था हुनु पर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लागि एकल अंकको व्याज दर हुनु पर्नेमा जोड दिनु भयो । साथसाथै साना तथा मझौला उद्यमहरुलाइ आइएमएफ जस्ता संस्थाहरुबाट सहयोग प्रदान हुनु पर्ने बताउनु भयो ।
आइएमएफका मिसन चिफ श्री रवर्ट ग्रेगोरीले नेपालमा ६ महिनाको लागि बिदेशी मुद्राको भण्डार रहेकोले सन्तोषप्रद रहेको बताउनु हुंदै कोभिड नियन्त्रणको लागि गरिएको प्रयाशको प्रशंसा गर्नु हुंदै कोभीड प्रकोप पश्चातको नेपालको समग्र आर्थिक परिस्थिति तथा युक्रेनको बिद्यमान परिस्थितिले व्यावसायीक क्षेत्रमा सृजना भएका बिबिध चुनौतिहरुवारे जिज्ञासा राख्नु भएको थियो । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल, श्री दीपक मल्होत्रा, श्री दीपक श्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।




























