सामसङ नेपालद्वारा ग्यालेक्सी A08 LTE सार्वजनिक
वि.सं.२०८३ असोज २१ बुधवार
shares
काठमाडौं । सामसङ नेपालले आफ्नो लोकप्रिय ग्यालेक्सी A सिरिजअन्तर्गत नयाँ Galaxy A08 LTE स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। एण्ट्री–लेभल स्मार्टफोन बजारलाई लक्षित गर्दै ल्याइएको ग्यालेक्सी A08 LTE मा AI फिचर, ठूलो ब्याट्री, बलियो सुरक्षा तथा लामो समयसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
सामसङका अनुसार नयाँ स्मार्टफोन विशेषगरी किफायती मूल्यमा आधुनिक प्रविधि, दैनिक प्रयोगका लागि भरपर्दो कार्यक्षमता र दीर्घकालीन सुरक्षा खोज्ने प्रयोगकर्तालाई लक्षित गरिएको हो।
सामसङ नेपालका MX बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले ग्यालेक्सी A08 LTE मार्फत थप प्रयोगकर्तामाझ नवीनतम प्रविधि र AI को पहुँच विस्तार गर्ने कम्पनीको प्रतिबद्धता रहेको बताए।
“नयाँ ग्यालेक्सी A सिरिजले थप ग्यालेक्सी प्रयोगकर्तासम्म नवीनतम प्रविधि पुर्याउँदै AI को पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ,” उनले भने, “सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट ‘Awesome Intelligence’ को संयोजनका साथ ग्यालेक्सी A08 LTE ले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ।”
६.७ इन्चको ठूलो डिस्प्ले
ग्यालेक्सी A08 LTE मा ६.७ इन्चको ठूलो डिस्प्ले राखिएको छ। ८.० मिलिमिटर पातलो बडीमा उपलब्ध यो स्मार्टफोनले भिडियो हेर्ने, सामाजिक सञ्जाल चलाउने तथा अन्य मल्टिमिडिया सामग्री प्रयोग गर्ने क्रममा सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
फोन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रंगमा उपलब्ध हुनेछ।
६,००० mAh को ठूलो ब्याट्री
नयाँ ग्यालेक्सी A08 LTE मा ६,००० mAh क्षमताको ब्याट्री राखिएको छ। ठूलो ब्याट्रीका कारण प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम हुने र स्ट्रिमिङ, सामाजिक सञ्जाल तथा गेमिङजस्ता दैनिक गतिविधिमा लामो समयसम्म फोन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
IP64 सुरक्षा र ६ वर्षसम्म सफ्टवेयर सपोर्ट
ग्यालेक्सी A08 LTE लाई दैनिक प्रयोगमा टिकाउ बनाउन IP64 रेटिङ प्रदान गरिएको छ। यसले धुलो, फोहोर तथा पानीका छिटाबाट फोनलाई सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ।
सामसङले यस स्मार्टफोनमा ६ जेनेरेसनसम्म OS अपग्रेड तथा ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउने जनाएको छ। यसले प्रयोगकर्तालाई लामो समयसम्म नयाँ फिचर तथा सुरक्षा अपडेटसहित स्मार्टफोन प्रयोग गर्न सहयोग गर्नेछ।
तीन भेरियन्टमा उपलब्ध
सामसङ ग्यालेक्सी A08 LTE नेपाली बजारमा तीन फरक RAM तथा स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ।
| मोडल | RAM / स्टोरेज | रंग | मूल्य (RRP) | १२ महिने EMI |
|---|---|---|---|---|
| Galaxy A08 LTE | 4GB / 64GB | डार्क ब्लु, सिल्भर, ग्रिन | रु. ३४,४९९ | रु. १,७२५/महिना |
| Galaxy A08 LTE | 4GB / 128GB | डार्क ब्लु, सिल्भर, ग्रिन | रु. ४०,९९९ | रु. २,०५०/महिना |
| Galaxy A08 LTE | 6GB / 128GB | डार्क ब्लु, सिल्भर, ग्रिन | रु. ४७,४९९ | रु. २,३७५/महिना |
सहज EMI सुविधा
ग्राहकलाई नयाँ स्मार्टफोन खरिद गर्न थप सहज बनाउन सामसङले १२ महिनाको किस्ताबन्दी (EMI) सुविधा समेत उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार ग्राहकले नागरिकताको प्रमाणपत्रका आधारमा मासिक रु. १,७२५ बाट ग्यालेक्सी A08 LTE खरिद गर्न सक्नेछन्।
सामसङका अनुसार नयाँ Galaxy A08 LTE ले किफायती मूल्यमा ठूलो डिस्प्ले, उच्च क्षमताको ब्याट्री, AI फिचर, टिकाउपन तथा दीर्घकालीन सफ्टवेयर सपोर्टलाई एकै ठाउँमा ल्याएको छ।






























