एम.भि.दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्रयाएको २० वर्ष पूरा

24.9K
shares
Nabil bank

काठमाडौं। २०७९, नेपालको प्रतिष्ठीत व्यापारिक घराना एम.भि.दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि.को शक्त्तीशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाण्डौमा भब्य कार्यक्रम बिच सहयात्राको २० औं वर्ष मनाएको छ । उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जना भन्दा बढि कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदि को उपस्थीति रहेको थियो । २ दिन सम्म चलेको उक्त कार्यक्रममा एम.भि.दुगड् ग्रुपका अध्यक्ष श्री मोतीलाल दुगड् ज्यूले जोन डीयर संगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको र शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको भन्नुभयो । उपाध्यक्ष विवेक दुगड् ज्यूले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर पैmलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताउनु भयो ।

जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह ज्यूले नेपालकै प्रतिष्ठीत र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एम.भि.दुगड् ग्रुप संगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताउनु भयो । उक्त कार्यक्रममा एम.भि.दुगड् ग्रुपमा लामो समय देखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ठ कर्मचारीहरुलाई पनि अवार्ड वितरण गरि हौसला प्रदान गरिएको थियो ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x