यू-१७ साफ च्याम्पियनसिपमा नेपालसँग हार्यो भारत
वि.सं.२०७९ भदौ २४ शुक्रवार
16.3K
shares
shares
यू-१७ साफ च्याम्पियनसिपमा नेपालले भारतलाई ३-१ गोलको नतिजामा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सरोज दर्लामी, युनेस बुढाथोकी सुवास बमले १-१ गोल गरे।
आजको खेलमा भारतविरुद्ध दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता बनाएको थियो। खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। तर, खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई २-१ को अग्रता दिलाए।
त्यसअघि खेलको २५औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो। तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए। सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए।
Subscribe
0 Comments
Oldest






























